सुकुमबासीहरु रास्वपा कार्यालय जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जाने भएका छन ।

आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् । नदी किनारमा घर,टहरा बनाएर बस्नेहरू आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पार्टी कार्यालयमा बालाजुका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिए । शुक्रबार बिहानैदेखि सरकारको निर्णयको विरोध गर्दै सुकुमबासीहरुले थापाथलीमा प्रदर्शन गरेका थिए ।

शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले तयारी गरेको छ । स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै सो क्षेत्रमा माइकिङ गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us