अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइनः गगन थापा

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते ११:३५ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– कांग्रेस सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन ।

आज (शुक्रबार) लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।

उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु साझा दायित्व भएको समेत बताएका छन । सभापति थापाले भनेका छन, ‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ ।

तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us