काठमाण्डू, १० वैशाख– संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । आज (बिहिबार) दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो ।
सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको मोर्चाका उपाध्यक्ष पवन गुरुङले जानकारी दिए । उनले भने, ‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो, यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ ।
जसरी पनि प्रतिरोध गर्छौँ । यसबारे हाम्रो बैठकमा छलफल भयो ।’ प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।