रविविरुद्ध मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयले गर्यो स्थगित

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १४:१२ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित गरीएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित गरीएको हो । बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो ।

मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएकोमा संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए । सर्वोच्च अदालतले त्यसपछि बिहीबार पहिलोपटक मुद्दाको सुनुवाइको मिति तय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us