दलहरूबीच प्रतिस्पर्धा होस्, द्वन्द्व नहोस्ः रास्वपा सांसद डाँगी

काठमाण्डु टुडे २०८२ चैत २३ गते १४:४० मा प्रकाशित

काठमाण्डू, २३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) की सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताएकी छन । आज (सोमाबर) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै रास्वपाकी सांसद डाँगीले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देश गर्नुपर्नेछ । विचारमा भिन्नता स्वाभाविक हो, ‘राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ । प्रतिस्पर्धा रहोस्, तर द्वन्द्व होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us