काठमाण्डू, २२ चैत– राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दै छिन् ।
‘दलहरूबीच जुटेको सहमतिअनुसार हामीले लिला भण्डारीलाई अगाडि बढाउँदै छौँ। अरु दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले जानकारी दिए ।