यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छः मन्त्री गौतम

काठमाण्डु टुडे २०८२ चैत २२ गते १३:२० मा प्रकाशित

काठमाण्डू, २२ चैत– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन ।

डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै कानुनमन्त्री गौतमले यस्तो बताएकी हुन् । उनले भनेकी छन, ‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ ।

सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ ।’ यसका लागि सरकार र संसदबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उनले बताएकी छन । युवाहरूको आशा सम्बेधन गर्ने गरी संसद्ले काम गर्नुपर्ने उनले बताइन् ।

अनावश्यक विवादमा नअल्झिएर काम गर्नुपर्ने र यसका लागि सरकार संसद दुवै जिम्मेवार हुनुपर्ने उनको आग्रह छ । सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us