काठमाण्डू, २१ चैत– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर उपसभामुखमा दाबी गरेका छन् ।
शाहीले शनिबार लामिछानेलाई भेटेर सभामुख आफ्नो दललाई दिन भनेका हुन् । सभामुखमा रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्याल शुक्रबार निर्विरोध निर्वाचित भइसेकका छन् ।
सभामुखमा अर्यालविरुद्ध उम्मेदवारी नदिएका काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीले पनि उपसभामुखमा दाबी गरेका छन् ।