काठमाण्डू, २१ चैत– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाण्डूमा प्रदर्शन गरिएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र सहुलियतको माग राखेर राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा शनिबार प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले पेट्रोलमा कर खारेज गर, मूल्य घटाएर जनतालाई राहत देउm, महंगीको मार बन्द गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।