घरको तीन तलाबाट खसेर बालिकको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत २१ गते १३:३२ मा प्रकाशित

झापा, २१ चैत–झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु भएको छ ।

दमक नगरपालिका–५ स्थित तीन तला माथिबाट खसेर मनोज आचार्यकी छोरी ५ वर्षीया मानस्वीको मृत्यु भएको हो ।

दमक–४ की बालिका पाहुना गएको घरको छतबाट शनिबार बिहान ८ः३० बजे खसेर गम्भीर घाइते भएको झापा प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा झ्यालबाट खसेर गम्भीर घाइते भएकी बालिकाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us