काठमाण्डूमा गुण्डाविरुद्ध प्रहरी अपरेशन, १८ गुण्डा पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २१ गते ८:३७ मा प्रकाशित

काठमाण्डू, २१ चैत- प्रहरीले राजधानीका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १८ जनालाई गएराति पक्राउ गरेको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला जिल्ला प्रहरी परिसर काठमाण्डूका फरकफरक टोलीले गुण्डा नाइकेहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त कारबाहीलाई अपरेशन सेफ्टी काठमाण्डू नाम दिएको छ ।

पक्राउ पर्नेमा डिम्पलु भनिने प्रवीण तामाङ, कलंकी बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका बिर्जु महर्जन, कलंकी क्षेत्रबाटै सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई पक्राउ गरिएको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । एसएसपी सन्तोष खड्काले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us