काठमाण्डू, २० चैत– प्रहरीले १७ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङ छन् ।
उनले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गर्ने गरेको र ठगेको रकम क्रिप्टोमा लगानी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
पक्राउ परेका उनले १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।