ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद

काठमाण्डु टुडे २०८२ चैत १५ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतले माग गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूका प्रमुख रामहरि काफ्लेले १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए । ओली र लेखकको म्याद थप बारे जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ ।

ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ । अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us