बादलको अध्यक्षमा बस्यो एमाले बैठक

काठमाण्डु टुडे २०८२ चैत १४ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १४ चैत– एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा एमालको बैठक बसेको छ ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा गर्न माग गरे ।

दुवैको गिरफ्तारी कानुन विपरीत रहेको पनि उनले दाबी गरे । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । त्यसबेला प्रधानमन्त्रीमा ओली र गृहमन्त्री लेखक रहेका थिए ।

आन्दोलनमा दमन गरेको भनेर उनीहरूउपर फौजदारी कसुरमा अनुसन्धान गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us