काठमाण्डू, १३ चैत– कांग्रेस सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन । पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।
सभापति थापाले भनेका छन्, ‘ नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’