बालेनलाई बधाई दिँदै बस्नेतले भनेः हरेक कदम समालिएर अघि बढ्नुहोला

काठमाण्डु टुडे २०८२ चैत १३ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, १४ चैत– पूर्व मन्त्री एवं एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा रहेको बताएका छन ।

उनले भनेका छन, ‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु, ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ ।

आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंहरुको काधमा छ ।’ उनले अवसरसँगै चुनौतीहरू रहेको भन्दै अनुभवको कमीलाई सिकाइ र परिपक्क निर्णयबाट पूर्ति गर्दै सम्हालिएर अघि बढ्न सुझाव समेत दिएका छन । उनले भने, ‘अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् ।

अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला, स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पूरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।’

उनले सत्ता अवसर नभई उत्तरदायित्व हो मन्ने मनन् गर्न पनि भनेका छन् । उनले थप भनेका छन्, ‘जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला । अनुभव र ऊर्जा मिलाएर साबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us