काठमाण्डू, १३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् ।
रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने भएको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुट्न लागेको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।