पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिनः सुहाङ नेम्वाङ

काठमाण्डु टुडे २०८२ चैत १२ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, १२ चैत– एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन । आज (बिहिबार) सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको पनि बताएका छन ।

उनले भने, ‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ ।

त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु ।’ संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us