संसद्को एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाण्डु टुडे २०८२ चैत १२ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, १२ चैत– गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक आज (बिहिबार) प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।

जसअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ । यी तीनवटै दलका सांसदहरू एउटै लहरमा राखिएको सिटमा बसेर बिहीबार शपथ ग्रहण गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us