बिनाशर्त जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन हुनुपर्छः प्रतिभा रावल

काठमाण्डु टुडे २०८२ चैत १२ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेकी छन ।

आज (बिहिबार) प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएकी हुन् ।

उनले उक्त विषय आफ्नो पार्टीको बाचापत्रमा पनि उल्लेख भएको जानकारी गराउँदै कार्यान्वयन हुनुपर्ने बताएकी छन । ‘नो इफ, नो बट, प्रतिवेदन कार्यान्वयन हुनुपर्छ ।

हाम्रो पार्टीको बाचापत्रमा पनि दोस्रो नम्बरमै त्यो विषय उल्लेख गरेका छौं ।’ यद्यपि प्रतिवेदनबारे थप प्रतिक्रिया पार्टीको केन्द्रीय समितिको बैठकपछि गर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us