सुशीला कार्की सरकारद्वारा जाँदा जाँदै पेट्रोल, डिजेल र मट्टतेलमा भारी मूल्य वृद्धि

काठमाण्डु टुडे २०८२ चैत ११ गते २२:०९ मा प्रकाशित

काठमाण्डू, ११ चैत-सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जाँदाजाँदै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान १५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको जानकारी दिएको हो ।

अब पहिलो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८४ रुपैयाँ पर्ने भएको छ । यस्तै दोश्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ८७ रुपैयाँ पर्नेछ ।

डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६७ रुपैयाँ कायम भएको छ ।
आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डू, पोखरा र दिपायललाई राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us