देउवाको बयान: मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

काठमाण्डु टुडे २०८२ चैत ११ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, ११ चैत– कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बयान दिएका छन ।

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन ।

जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गर्ने क्रम जारी छ । जनआस्थाको सौजन्य प्राप्त गरीएको प्रतिवेदनको फोटोकपीमा देउवाले आफूले राजनीतिक हस्तक्षेप र पक्षपात पनि नगरेको जिकिर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us