काठमाण्डू, १० चैत– हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको स्थानीय जसबहादुर तामाङले जानकारी दिएका छन ।
आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय तामाङले जानकारी दिए । स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा राखिएका ४५ वटा भेडा चितुवा परेर मारेको तामाङले जानकारी दिए ।