बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर

काठमाण्डु टुडे २०८२ चैत १० गते १५:४५ मा प्रकाशित

काठमाण्डू, १० चैत– बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएको बताइएको छ ।

दुई युवकको केही दिनअघि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्ट जानकारी दिए । सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्‍याइएको थियो ।

उनीहरूको मृत्यु भइसकेको छ । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले जानकारी दिए । स्थिति नियन्त्रणमा प्रहरीले ९ राउन्ड हवाई फायर गरीएको समेत उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us