निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको होइनः गगन थापा

काठमाण्डु टुडे २०८२ चैत १० गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १० चैत– कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने बताएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।

उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको समेत बताएका छन । सभापति थापाले भने, ‘के निर्वाचन नै सबै कुरा हो ?

के निर्वाचनको केही सन्दर्भ २०७४ को प्रतिकूल अवस्था पनि हामीले ब्यहोरेकै हो, ‘नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको पनि होइन, हाम्रा पार्टीका नेताहरूले पार्टी बनाउने बेलामा त । यो पार्टी निर्वाचनभन्दा फराकिलो छ ।’

उनले पार्टी आएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको टिप्पणी गरे । कांग्रेसले त्यो विषयलाई फराकिलो दायरामा राखेर हेर्नुपर्ने समेत बताएका छन । सभापति थापाले भने, ‘यो पार्टी आयो र पार्टी आएपछि निर्वाचन आएको हो नि त ।

निर्वाचन लड्नका लागि पार्टी आएको होइन नि त । हामी आयौं र हामीले निर्वाचन हुने पद्धति स्थापना गरेका हौं, ‘नेपाली कांग्रेसले त्यो फराकिलो दायरामा राखेर आफूलाई हेर्नुपर्नेछ । तर, हामी यसरी आएका हौं र जे छ त्यो ठिक छ भनेर हुँदैन । पार्टीभित्र व्यापक सुधार आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us