जसले मत माग्नुभएन उसलाई विशेष महाधिवेशनको महत्व थाहा हुन्नः सभापति थापा

काठमाण्डु टुडे २०८२ चैत १० गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने बताएका छन ।

उनले राजीनामा अस्वीकृत भएपछि मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका छन ।

कांग्रेस सभापति थापाले भने, ‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरुलाई थाहा हुने कुरा भएन, ‘जो साथी लाग्नुभयो उहाँहरुको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो ।’

जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको पनि उनले बताएका छन । उनले आफूले राजीनामा स्वीकृत होस् नै भन्ने चाहेको पनि बताएका छन । उनले भने, ‘मैले गरेको निर्णय र निर्णयपछिको अर्को निर्णयले यो अध्याय सकियो ।’

उनले आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको पनि बताएका छन । सभापति थापाले भने, ‘विशेष महाधिवेशनपछि सभापतिको निर्णयको आधारमा निर्वाचनका प्रक्रिया पूरा गर्ने मेरो कर्तव्यभित्रको कुरा थियो । ३ गते मैले सबै काम टुंग्याएर राजीनामा दिएको थिएँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us