काठमाण्डू, १० चैत– झापाको कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय शुकदेव गणेश रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११ सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।