काठमाण्डू, ९ चैत– काठमाण्डूको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।