देउवाको ‘मौन राजनीति’ माथि टिप्पणी गर्दै गोकुल बाँस्कोटाले के भने ?

काठमाण्डु टुडे २०८२ चैत ९ गते ११:२० मा प्रकाशित

काठमाण्डू, ९ चैत– पूर्व मन्त्री एवं एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको आन्तरिक कलहका विषयमा पूर्वसभापति शेरबहादुर देउवालाई जोडेर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन ।

पार्टीभित्रको कानुनी विवाद र समितिहरूको वैधानिकतालाई लिएर भइरहेको खिचातानीका बीच देउवाले ‘मौन राजनीति’ गरिरहेको भन्दै बाँस्कोटाले ‘सुनियोजित रणनीति’ को रूपमा अर्थ्याएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै एमाले नेता बास्कोटाले कांग्रेसभित्रको कानुनी विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै समयमा सभापति देउवाले पुरानो समितिको बैठक बोलाउनुले एउटा विशेष संकेत गरेको बताएका छन ।

उनले भनेका छन्, ‘मौन राजनीतिका माहिर खेलाडी मानिने शेरबहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने सुनिन्छ। यसले अदालतको फैसला आफ्नो पक्षमा आउनेमा उहाँ ढुक्क हुनुहुन्छ भन्ने देखाउँछ ।’

आफ्नो टिप्पणीलाई अझ घतलाग्दो बनाउन उनले नेपाली उखान र बिम्बहरूको प्रयोग गरेका छन्। बाँस्कोटाले भनेका छन्, ‘खेल खेलाडीका, जित अनाडीका भन्थे, यस्तै पो होला कि ? शंका गरेँ मैले, लंका हाने कसैले भने— थाहा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us