काठमाण्डू, ८ चैत– जुम्लामा ७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिएकोमा उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहान ८ः१० बजे ल्याइएको थियो भने ९ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । सुनारको टाउको र आँखामा चोटपटक लागेको प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिएका छन ।
उनका आफन्त धिरबहादुर वडले टाउकोमा धारिलो हतियारले प्रहार गरी घरमै राखेको अवस्थामा छिमेकीले घटना थाहा पाएका थिए । टाउकोको घाउसँगै आँखामा समेत चोट देखिएको थियो । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा गएको छ ।