भरूवा बन्दुक सहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ चैत ८ गते १५:०० मा प्रकाशित

काठमाण्डू, ८ चैत– प्रहरीले मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति पक्राउ गरेको छ ।

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us