काठमाण्डू, ८ चैत- पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख४५२५ नम्बरको टिपर शनिबार साँझ माथागढी गाउँपालिका ७ रहबास स्थित झडेवा–रहबास सडक खण्डबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका ४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका २ खैरेनीका २६ सुनिल नेपाली र पाल्पाको तानसेन नगरपालिका १० पटुवाका ३३ वर्षीय राजन चिदी छन् ।
तीन जनाको घटनास्थलमै र चिदिको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।