कमजोर भयो वर्षा गराउने प्रणाली, मौसममा सुधार

काठमाण्डु टुडे २०८२ चैत ७ गते २०:५४ मा प्रकाशित

काठमाण्डू, ७ चैत- वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार भएको छ ।

शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् विभूति पोखरेलले मौसममा सुधार भए पनि प्रिमनसुनका कारण आइतबार पनि सामान्य वर्षा हुने बताइन् । मौसम बदली भइरहने भए पनि तत्काल ठूलो वर्षा भने नहुने विभागले जनाएको छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै पाल्पामा ७५.८ मिलिमिटर वर्षात भएको छ । यस्तै रुपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us