काठमाण्डू, ७ चैत–उपचारका लागि भन्दै सिंगापुर गएका काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा उतैबाट हङकङ पुगेका छन् ।
सिंगापुरमा नियमति उपचार सकाएर देउवा हङकङ गएको उनको सचिवालयले जनाएको छ ।
हङकङ बसाइका क्रममा देउवाले थप उपचार गराउने छन् भने केही पारिवारिक कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि देउवा स्वदेश फर्कने तयारी रहेको सचिवालयले जनाएको छ ।
देउवा गत १३ फागुनमा सहयोगी भानु देउवासहित सिंगापुर प्रस्थान गरेका थिए । तीर्थयात्राका लागि भारत गएकी देउवा पत्नी आरजु राणा देउवा दिल्लीबाटै सिंगापुर गएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउने आँकलनसहित पक्राउ परिने डरले देउवा दम्पत्ति देश छाडेर भागेको चर्चाका बीच उनी स्वेदश फर्कने भएका हुन् ।