चट्याङ लागेर तीन जना घाइते

काठमाण्डु टुडे २०८२ चैत ७ गते १५:३३ मा प्रकाशित

बुटवल, ७ कात्तिक- गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

मालिका गाउँपालिका-२ दर्लिङमा शुक्रबार परेको चट्याङ लागेर तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

चट्याङ लागेर ३२ वर्षीया गोमा खड्का, २९ वर्षीया विष्णु खड्का र २८ वर्षीया निरू खड्का घाइते भएका गुल्मी प्रहरीका डिएसपी गंगाबहादुर सारुले बताए । सारुका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

घाइते सबैलाई उपचारका लागि तम्घास अस्पतालमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us