हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८२ चैत ७ गते १०:४५ मा प्रकाशित

रुकुमपूर्व, ७ चैत- वर्षासँगै भारी हिमपात भएपछि रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

निरन्तरको हिमपातका कारण भुमे गाउँपालिका १ स्थित लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लोकमार्ग अवरुद्ध भएका कारण दर्जनौँ यातायातका साधन अलपत्र परेका छन् । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी केशवराज ज्ञवालीले सयौं यात्रु बीच बाटोमा अलपत्र परेको जानकारी दिए ।

उनका अनुसार ७ वटा बस, र एउटा जिपमा सवारी २ सय ५० बढी यात्रु फसेका छन् । हिमपातका कारण बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us