काठमाण्डू उपत्यकामा असिनासहित वर्षा

काठमाण्डु टुडे २०८२ चैत ६ गते १७:१७ मा प्रकाशित

काठमाण्डू, ६ चैत– आज (शुक्रबार) काठमाण्डू उपत्यकामा असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us