विशेष महाधिवेशन नभएको भए योभन्दा कमजोर हुन्थ्यौंः कांग्रेस नेता केसी

काठमाण्डु टुडे २०८२ चैत ६ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, ६ चैत– कांग्रेसका नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशन नगरेर चुनावमा गएको भए कांग्रेसको अवस्था अहिलेको भन्दा कमजोर हुने दाबी गरेका छन ।

आज (शुक्रबार) पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै केसीले विशेष महाधिवेशन गरेर गएकै कारण कांग्रेस दोस्रो भएको तर्क गरे ।

कांग्रेस नेता केसीले भने, ‘विशेष अधिवेशनले नयाँ नेतृत्व, नयाँ नीति र नयाँ दृष्टिकोण नदिएको, परिवर्तित समय र जेनजी आन्दोलन सम्बोधन नगरेर गएको भए परिणाम अहिले भन्दा झन कमजोर हुन्थ्यो, ‘विशेष महाधिवेशनले आम कार्यकर्ताको बीचमा उत्साहका साथ जाने वातावरण बन्यो । त्यसैले दोस्रो भयौँ ।’

उनले कसैले दोष दिने काम गर्ने भन्दा सबै कांग्रेस मिलेर मिलाएर जानुपर्ने समेत बताएका छन । त्यो वातावरण केन्द्रीय समितिले मिलाउनुपर्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us