विश्वप्रकाशको प्रतिवेदनः कांग्रेस–एमाले सरकारले नगर्नुपर्ने काम गर्दा हारियो

काठमाण्डु टुडे २०८२ चैत ६ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, ६ चैत– कांग्रेसले २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो बताएका हुन ।

उपसभापति शर्माले दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर सरकारको प्रस्तुति रह्यो–औसत ।

यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन सकेन ।’ उनले कांग्रेस–एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नु पनि चुनावमा पराजय हुनुको कारण मानेका छन् ।

उनले भनेका छन, ‘दुई दलवको सरकार बन्दा ७ बुँदे सम्भौता उल्लेख थियो– संविधान समयानुकूल संशोधनको विषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिन ढिलाइ रहिरह्यो । विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनुपर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने ।

यी बसले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो,’ प्रतिवेदनमा उनले उल्लेख गरेका छन्, ‘बजेट निर्माण गर्दा अर्घेल्याइँ भएको भन्दै चर्को असन्तुष्टि संसद्‌मै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।’

उनले चुनावमा पराजित हुनुमा अर्को कारण सामाजिक सञ्जालको विषय पनि उल्लेख गरेका छन् । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गठबन्धनको सहमति बेगर आयोग ।

गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने कर्ममा हात हाल्ने गतिविधिले दुष्परिणाम जन्माउने हेक्का राखिएन । फलतस् त्यसले जेनजी विद्रोहका लागि जमिन तयार गर्‍यो । अनि अहिलेको पराजयको लागि वातावरण ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us