हावाहुरीका कारण लमहीको विद्युत् सब–स्टेसनमा आगलागी

काठमाण्डु टुडे २०८२ चैत ६ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, ६ चैत– हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएपनि धेरै ठुलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको लमही प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us