लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

काठमाण्डु टुडे २०८२ चैत ६ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, ६ चैत– मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशमा दाङमा हावाहुरी चलेको छ । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ ।

केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ । बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो । दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण आउन बाँकी रहेको जनाएको छ । पत्रकार नरेन्द्र केसीका अनुसार घोराही बजार क्षेत्रमा हुरी चल्न रोकिएर अहिले पानी परिरहेको छ ।

‘अहिले मेघगर्जनसहित पानी परिरहेको छ,’ उनले भने, ‘पानीका कारण घर बाहिर निस्किन सक्ने अवस्था छैन ।’ यसैगरी रुपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रमा पनि दिउँसै अँध्यारो भएको छ । त्यहाँ पनि हावाहुरी चलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us