काठमाण्डू, ६ चैत– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।
गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् । पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज या भोलि सकिनेछ ।
बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि उनले बताएका छन । उनले भने, ‘यो बैठक आज या भोलि नै सकिन्छ । बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ, ‘अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्छ ।’
उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।