कांग्रेस केन्द्रीय समिति बैठकका दुई एजेन्डा तय

काठमाण्डु टुडे २०८२ चैत ६ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, ६ चैत– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (शुक्रबार) केहीबेरपछि बस्दै छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो ।

आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us