राप्रपा संसदीय दलको नेता ज्ञानबहादुर शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाण्डु टुडे २०८२ चैत ५ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने भएको छ ।

आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको राप्रपाका एक नेताले जानकारी दिए ।

बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्रप्त गरेको छ । दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us