काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
आज (बुधबार) पार्टीका सांसदहरूको अभिमुखिकरण कार्यक्रमको समापन गर्दै सभापतिले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने स्पष्ट पारे ।
उनले पार्टीका सांसदहरूले पनि यसलाई डगमगाउन नदिनुपर्ने विश्वास व्यक्त गरेका छन । सभापतिले पुराना राजनीतिक दलका नेताहरूले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने र त्यसलाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गरे । उनले भने, ‘इतिहास रच्नमा एउटै नेता वा पार्टीको मात्रै हात हुँदैन ।’