काठमाण्डू, ४ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका हुन ।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको उनले जानकारी गराए ।
उनले भने, ‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।’