पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत महामन्त्री पौडेलको आग्रह

काठमाण्डु टुडे २०८२ चैत ३ गते १८:५० मा प्रकाशित

काठमाण्डू, ३ चैत– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग अनुरोध गरेका छन ।

यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा रहेको समेत बताए ।

उनले भने, ‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ । मोटरसाइकल चढेर हिंड्नेदेखि दुध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ, सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ ।’

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उनले यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने समेत उनले बताए । उनले भने, ‘यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ ।

यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समय सम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ ।’ महामन्त्री पौडेलले वैकल्पिक उर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत समेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भैरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका छन ।

 ‘वैकल्पिक उर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ । यस्तै वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us