अभिमुखीकरणमा रास्वपा सांसद

काठमाण्डु टुडे २०८२ चैत ३ गते ११:४९ मा प्रकाशित

काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा कार्यक्रम औपचारिक रुपमा सुरु हुँदैछ ।

कार्यक्रममा सहभागी कोहीले घन्टी बोकेका छन् । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टी नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ । ती धेरैजसो संसदको अनुभव नभएकाहरु रहेकाले उनीहरुलाई संसदको मर्यादा, पालना गर्नुपर्ने नियम, कानुन निर्माण प्रक्रिया लगायतका विषयमा जानकारी दिइने बताइउ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us