कांग्रेस जित्छ भनेर आयोगले चुनावको मुखमा झगडा लगाइदियोः मीन विश्वकर्मा

काठमाण्डु टुडे २०८२ चैत २ गते १८:२९ मा प्रकाशित

काठमाण्डू, २ चैत– कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन ।

आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् ।

कांग्रेस नेता विश्वकर्माले भने, ‘निर्वाचन आयोगले बद्नियतपूर्ण ढंगले कांग्रेस कतै जित्छ कि, कतै पहिलो पार्टी हुन्छ कि भनेर चुनावका मुखमा झगडा लगाइदियो, ‘किनभने बढी सम्भावना कांग्रेसको थियो ।’

त्यो झगडापछि आफूहरूले चुनाव चिन्ह रुखबारे विवाद रहेको कुरा भनिरहेको बताए । ‘त्यो झगडापछि हामीले के भन्यौँ भने अहिले रुख चिन्हका बारेका विवाद छ । कांग्रेसको आधिकारिक केन्द्रीय कार्यसमितिका बारेमा विवाद छ ।

विवाद छ है भनेर अदालतमा मुद्दा राखौँ । मुद्दा राखिसकेपछि अहिले एउटै चुनाव चिन्ह कायम गरेर जाऔँ भनेर गयौँ,’ उनले भने । पूर्व सभापति शेरबहादुर देउवाले पार्टी फुटेको अर्थ नलागोस् भनेर चुनावमा धारणा नदिएको पनि विश्वकर्माले दाबी गरे । उनले भने, ‘अहिले सभापति गगन थापा भनेर टिकट बाँड्नुभएको छ ।

अर्को सभापति भनेर देउवाजीले विज्ञप्ति निकाल्दा फुटेको अर्थ लाग्छ भन्ने भयो ।’ अब यो विवादमा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यही सबैलाई मान्य हुने उनले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us