कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाण्डु टुडे २०८२ चैत १ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १ चैत– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us